एमाले कास्कीको ११ औं जिल्ला अधिवेशनका लागि तोकियो जिम्मेवारी
कास्की | माघ २९, २०८०
Filed Photo
पोखरा: नेकपा एमाले जिल्ला कमिटी कास्कीको आगामी चैत्र १० र ११ गते हुने ११ औं जिल्ला अधिवेशनका लागि जिम्मेवारी तोकिएको छ ।
आज (सोमबार) बसेको ११ औं सचिवालय बैठकले अधिवेशन व्यवस्थित गर्न विभिन्न जिम्मेवारी तोकेको हो ।
निर्णयानुसार मुल व्यवस्थापन समितिको संयोजकका रुपमा जिल्ला अध्यक्ष मन बहादुर गुरुङले जिम्मेवारी लिएका छन् ।
यस्तै स्वंयमसेवक उप–समितिको जिम्मेवारी उपाध्यक्ष तेजनारायण अधिकारीले सम्हाल्नेछन् ।
प्रतिनिधि व्यवस्थापन उपसमितिमा सचिव बैन बहादुर अधिकारी क्षेत्री, प्रचार प्रसार उपसमितिमा उपसचिव दर्शन लामा, जनपरिचालन उपसमितिमा उपसचिव नवराज ओझा, अतिथि सत्कार उपसमितिमा हिरा गिरी, आर्थिक, खानखाजा उपसमितिमा चिरञ्जिवि पोखरेल, मञ्चव्यवस्थापनमा आर पी खनाल, स्वास्थमा डा. छममाया पुन, आवास व्यवस्थापनमा कृण्ण न्यौपाने, सांस्कृतिकमा सुरेन्द्र गुरुङलाई जिम्मेवारी तोकिएको छ ।
काठमाडौं: पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...
पोखरा: सामाजिक क्षेत्रमा क्रियाशिल युनाइटेड क्लबको आयोजनामा यही पौष २९ गतेदेखि १४ औं संस्करणको पोखरा महोत्सवको आयोजना हुने भएको छ । उक्त महोत्सव माघ ११ गतेसम्म चल्ने आज आयोजित ...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...

